कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘निजी जग्गाबाट सडक’

कान्तिपुर संवाददाता

जनकपुर — आफ्नो जग्गामा घर निर्माण गर्न लाग्दा जनकपुर उपमहानगरपालिकाले अवरोध गरेको जग्गाधनीले आरोप लगाएका छन्  । महोत्तरी मनरा सिसवाका अभिषेक सिंहले जनकपुर– ८ मा घर निर्माण गर्न लागेका हुन्  ।

‘जग्गामा पर्खाल लगाउन यसअघि दुईपटक दिएको निवेदन चोरी भयो । पछिल्लो पटक निवेदन दिएको पनि ६ महिना बित्यो,’ सिंहले पत्रकार सम्मेलनमा भने, ‘नक्सा पास गरिएको छैन ।

नगरपालिकाका पदाधिकारी पनि भूमाफियाकै जालोमा फसेका छन् ।’ बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्ष तथा कांग्रेस नेता दिगम्बर रायलगायतका केही व्यक्तिले आफ्नो निजी जग्गामा सडक कायम गरेर मर्कामा पारेको गुनासो उनले गरे ।

दीपककुमार सिंह र उनका भाइ अभिषेककुमार सिंहको नाममा दर्ता रहेको कित्ता नं ८४ सिट नं १३५४१३ को ३ कठा १८ धूर जग्गामा जनकपुर उपमहानगरपालिका– ८ वल्वाटोल परिक्रमा सडक रहेको छ । ‘नापी विभागको नक्सामा जग्गाको उत्तरबाट १० फिट बाटो प्रस्टै उल्लेख छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?