१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वडाको सिफारिस लिनै ३ दिन

कान्तिपुर संवाददाता

धनुषा — महोतरी, गौशाला नगरपालिका–१२ का वडा सचिव सुदीप दाहालले कार्यालयको काम ३ दिनमा मात्र हुने सूचना टाँसेका छन्  । वडा १२ को कार्यालय कान्तिबजारमा आइतबार, सोमबार, मंगलबार र वडा ३ को कार्यालय नवराजपुरमा बस्ने दिन बुधबार, बिहीबार र शुक्रबार उल्लेख छ  ।

तोकिएको दिनमा आउने सेवाग्राहीको काम कार्यालयबाट सहज रूपमै हुन्छ तर अन्य तीन दिनमा आउने सेवाग्राही वडा कार्यालयबाट लिनुपर्ने सेवाका लागि अघिल्लो साता पर्खिनुपर्छ । महत्त्वपूर्ण र तत्कालै आवश्यक सिफारिसका लागि सर्वसधारण नेताकै पैरवी लगाउन बाध्य छन् । बैकिङ कारोबारका लागि चार किल्ला प्रमाणित, घर सडक प्रमाणित, आम्दानी प्रमाणीत, नागरिकता प्रमाणपत्रका लागि आवश्यक सिफारिस लिन आउने अन्योलमा छन् ।

वडा सचिवा नहुँदा सम्भव भएसम्मको सिफारिस वडा अध्यक्ष कृष्णबहादुर विश्वकर्माले दिँदै आएका छन् । तीन दिन मात्र वडा सचिव बस्दा कार्यालयको सेवा प्रभावकारी बन्न नसकेको विश्वकर्माले बताए । गौशाला नगरपालिका–१ का वडा सचिव धर्मराज बस्नेत पनि दोहरो भूमिकामा छन् ।

नगरपालिकाको योजना शाखाको जिम्मेवारीसमेत सम्हालेका वडा कार्यालयमा दिउसो १ बजेसम्म बसेर नगरपालिका कार्यालय आउने गरेका छन् । वडा कार्यालयमा १ बजेपछि आउने सेवाग्राही सेवाबाट बञ्चित हुनु परेको छ । नगरपालिकाको वडा– ९ का वडा सचिव उमाकान्त महतोले नगरपालकाको जिन्सी फाँटसमेत सम्हालेका छन् । महतो तीनदिन नगरपालिकाको कार्यालय र तीनदिन वडा कार्यालयमा बस्छन् । वडा कार्यालयको सेवा सेवाग्राहीले साताको ६ दिन १० देखि ५ बजेसम्म पाउनु पर्ने व्यवस्था छ । तर, गौशाला नगरपालिकाका तीन जना वडा सचिवले दोहरो जिम्मेवारी पाउँदा सेवाग्राही समस्यामा परेका हुन् । कर्मचारी अभावमा घरनजिकैको कार्यालयको सेवा लिन स्थानीय तीन दिनसम्म कुर्नुपर्ने बाध्यतामा छन्  ।


वडा सचिवको दोहरो जिम्मेवारीका कारण वडा कार्यालयबाट पाउने सिफारस झन्झटिलो बनेको छ । नगरपालिकामा कर्मचारी अभाव भएका कारण २ जना वडा सचिवले ४ वडा को जिम्मेवारी सम्हालेका छन भने २ जना वडा सचिवले नगरपालिकाको जिम्मेवारीसँगै वडाको समेत सेवा दिंदै आएका छन् । जनशक्ति अभावमा वडा सचिवलाई दोहरो जम्मेवारीमा खटाउनु परेको उप प्रमुख आशा लामाले बताइन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?