पाइपलाइनमा काटिएका काठ पुनर्निर्माणमा

कान्तिपुर संवाददाता

पर्सा — मोतिहारी अमलेखगन्ज तेल पाइप लाइनका लागि काटिएका पर्सा राष्ट्रिय निकुञ्जका काठ काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डप र भूकम्पले क्षति पुगेका व्यक्तिका घर पुनर्निर्माणमा प्रयोग भइरहेको छ । टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले उक्त काठको व्यवस्थापन गरिरहेको छ ।

शाखा प्रमुख सुमन सिंहका अनुसार पुनर्निर्माणका अलावा स्थानीय मध्यवर्ती सामुदायिक वनलाई पनि ती काठ भागबन्डा गरिएको छ । परियोजनाका लागि टिम्बर कर्पोरेसनले करिब ६ किलोमिटर क्षेत्रका कुल ६ हजार ५ सय ६३ रूख काटेको थियो । त्यसबाहेक पातला (पोल) रूखहरू छुट्टै काटिएको थियो । १० इन्च डायमिटरभन्दा पातला रूखलाई पोल भनिन्छ ।


यो सामान्यतया झ्यालढोका तथा फर्निचर निर्माणमा उपयोगी हुँदैन । ती रूखबाट ३४ हजार क्युफिट काठ र २ सय ६२ चट्टा निस्किएको सिंहले बताए । काष्ठमण्डप पुनर्निर्माणका लागि २ हजार ३ सय क्युफिट तथा राधाकृष्ण र भीमेश्वर सामुदायिक वनलाई करिब १७ हजार क्युफिट काठ दिइएको छ । टीसीएनको हेटौंडास्थित चिरानमा काठ चिरेर काष्ठमण्डपलाई दिइएको सिंहले बताए । बाँकी काठ भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा प्रयोग भइरहेको छ । काठबाहेकका दाउरा पनि सामुदायिक वन उपभोक्ता समितिलाई वितरण गरिएको छ ।


प्रकाशित : आश्विन २६, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?