बस दुर्घटना हुँदा २१ जना घाइते

सुनिता बराल

बर्दिवास, महोत्तरी — पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । 

सर्लाहीको मलंगवाबाट जनकपूरतर्फ जाँदै गरेको ना ४ ख ७१९० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले जनाएको छ । क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले बताए ।

घाइतेहरुको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।


प्रकाशित : आश्विन १८, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?