गाईका बथानसहित तस्कर नियन्त्रणमा

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा बेसले ३ तस्करसहित भारततर्फ लाँदै गरेका ३९ चौपाया नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बथानमा ३६ गाई र ३ बाच्छाबाच्छी छन् । 

गाईका बथानसहित तस्कर नियन्त्रणमा

सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको गस्तीले गाईका बथान र तस्कर विदेह नगरपालिका २ स्थित जागिर टोलबाट पक्राउ गरेको राजस्व तथा भन्सार सुरक्षा बेस जनकपुरले जनाएको छ । नियन्त्रणमा लिइएको चौपायाको बजार मूल्य करिब डेढ लाख रहेको अनुमान छ । पक्राउ परेका तस्करको परिचय भने सशस्त्रले खुलाएको छैन ।

तस्करसहित गाई भन्सार बुझाउने तयारी भइरहेको जनकपुरस्थित सशस्त्रको राजस्व तथा भन्सार सुरक्षा वेसले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?