२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दसैंमा झकिझकाउ जनकपुर

सन्तोष सिंह

(धनुषा) — जनकपुरमा दसैंमा शक्तिपीठलाई झकिझकाउ पारिएको छ  । युवा क्लवले लाखौ रुपैयाँ खर्च गरेर मठ–मन्दिर सिंगारेका छन्  ।

दसैंमा झकिझकाउ जनकपुर

(धनुषा) : जनकपुरमा दसैंमा शक्तिपीठलाई झकिझकाउ पारिएको छ । युवा क्लवले लाखौ रुपैयाँ खर्च गरेर मठ–मन्दिर सिंगारेका छन् । राजदेवी मन्दिर सजावट, मूर्ति, पण्डाल, अन्य सजावट, सांस्कृतिक कार्यक्रमका लागि करिब १ करोड रुपैयाँ खर्चिइएको छ ।
दसैंको रमझम बढाउन सजावटमा ठुलो रकम खर्चिएको हो । प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउन सौन्दर्यीकरणमा महावीर युवा क्लबले लाखौं रकम खर्च गरेको छ । दसैंमा यसपालि रावण बधका साथै लंका दहन कार्यक्रमको समेत आयोजना गरिने क्लबका अध्यक्ष सन्तोष साहले बताए । पूजामा करब २५ लाख रुपैंयाँ खर्च हुने उनले बताए । ‘देश–विदेशका दर्शनार्थीलाई जनकपुरको विजयादशमीमा आकर्षित गर्न भव्यताका साथ मेलाको तयारी गरिएको छ,’ उनले भने । प्रतिष्ठित व्यापारीका साथै सदस्यता नवीकरण, चन्दा, बोका बलिलगायतका स्रोतबाट रकम संकलन हुने गरेको साहले बताए । बौद्धिमाई मन्दिर र अमरखाना माई मन्दिरको सजावट तथा पूजाको व्यवस्थापन गर्दै आएको राम युवा कमिटीले पनि मन्दिर सजावटमा लाखौं रकम खर्चेको छ । दर्शनार्थीका लागि निःशुल्क भोजनको व्यवस्था गरेको उनले बताए । अष्टमीका दिन बोकाबलीका लागि राजदेवी मन्दिरमा लाइनमा बसेका करिब २० हजार श्रद्धालु भक्तजनलाई राम युवा कमिटीले निःशुल्क भोजन गराउने तयारी गरेको छ । रामानन्द चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्यताका साथ पूजाको आयोजना गरिएको छ । जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडरिया माइस्थान, रजौललगायतको क्षेत्रका युवा क्लबहरू पनि दसैं मेला आयोजना गरिएको छ ।
रजौलमा दुर्गा पूजा संरक्षण समितिले समेत मन्दिर झकिझकाउ बनाएका छन् । पूजामा करिब १० लाख रुपैयाँ खर्च हुने समितीले जनाएको छ । दसैंको अवसरमा क्लबहरूले मन्दीर र चोकमा विद्युतीय बत्ती जडान गरी जनकपुरलाई झिलिमिली बनाएका छन् ।

प्रकाशित : आश्विन १६, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?