१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चाड लाग्यो, मनपरी भाडा

सुनिता बराल

(बर्दिवास, महोत्तरी — वैदेशिक रोजगारबाट दसैँ मनाउन नेपाल फर्किएका झापा, बिर्तामोडका गंगाप्रसाद प्रसाई काठमाडौँ नयाँ बसपार्कको स्टार होटलमा राती बास बसे  । होटलले खाने–बस्ने र बिर्तामोड जानेसम्मको खर्चसहित उनीसँग ५ हजार रुपैयाँ लियो  । गाडीलाई कति भाडा तिरे त्यो उनलाई थाहा भएन ।

चाड लाग्यो, मनपरी भाडा

प्रसाईंजस्तै इलाम हिंडेका विष्णु सुवेदीले पनि वसपार्ककै होटल कालिकास्थानलाई २ हजार तिरेर बसको टिकट मिलाए । त्यस्तै काँकडभिटा हिंडेकी ओमकुमारी भारतीले गाडि भाडा वापत १६ सय तिरेको बताइन् । काठमाडौँ–काँकडभिट्टाको तोकिएको भाडा १४ सय ६ रुपैयाँ मात्र छ । विपि राजमार्ग हुँदैँ काठमाडौँबाट मंगलबार घर फर्कने यात्रुलाई सवारीसाधनले तोकिएको रकमभन्दा बढी भाडा असुल गरेको खुलेको छ । दसैँमा घर फर्किने यात्रुको चाप बढेपछि सवारीसाधनले मनोमानी रकम असुलेको ट्राफिक प्रहरीको छडके अनुगमनले पुष्टि गरेको छ ।

काठमाडौँबाट पूर्वका झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायत तराई–मधेसका विभिन्न जिल्लामा दसैँ मनाउन हिडेका यात्रुसँग विपि राजमार्गमा संचालित साना तथा ठुला सवारीले मनपरी भाडा असुल्ने गरेका छन् ।
यातायात व्यवस्था विभागको निर्देशनअनुसार मंगलबार यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले विपि राजमार्गको बर्दिवास–३ स्थित कालापानीमा गरेको सडक अनुगमनमा अधिकांस सवारी नियम विपरीत संचालन भएको पाइएको यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासका प्रमुख शशिप्रसाद यादवले बताए ।

असोज १२ देखि १९ सम्म विपि राजमार्ग (बनेपा–धुलिखेल–सिन्धुली–बर्दिवास) सडकखण्डबाहेक देशभरका सडकमा बाटो इजाजतपत्र (रुट परमिट) खुल्ला गरिएको छ । तर विपि राजमार्गमा पनि अधिकांश सवारी इजाजतपत्रविना नै सञ्चालन रहेको यादवले बताए । रुट परमिटविनै संचालित सवारीसाधनले यात्रुसँग बढि भाडा असुल्ने, यात्रुलाई टिकट नदिने सवारी, वृद्धवृद्धालाई आरक्षण सिट र राज्यले भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था लागु नगर्ने, क्षमताभन्दा बढि यात्रु बोकेर यात्रा गरेकालगायत २० सवारीसाधनलाई अनुगमनको क्रममा मंगलबार कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रकासबहादुर सिंहले बताए । यात्रुहरूले आफुँलाई सवारीसाधनले टिकट नदिने, टिकट दिएपनि लिएको भाडा रकम नलेखि दिने, बढि भाडा असुल्ने र बढि यात्रु बोकेका कारण कोचाकोचमा कष्टपुर्ण यात्रा गर्नुपरेको गुनासो गरेका छन् ।

यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुलाई दुःखदिने तथा बढि भाडा असुल्ने जुनसुकै सवारीसाधनलाई पनि सम्बन्धित निकायले त्रियन्त्रणमा लिएर कार्बाही गर्न सक्ने बताए । ‘यात्रुको चाप बढ्यो भन्दैमा सवारीसाधनले मनपरी गर्न मिल्दैन,’ उनले भने, ‘सम्पुर्ण यातायात व्यवसायी संघलाई दररेट भन्दा बढि भाडा नलिन र जोखिमपुर्ण रुपमा यात्रा गरी यात्रुलाई दुख नदिन हामीले आग्रह गरिरहेका छौ,’ ।

प्रकाशित : आश्विन १५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?