कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भारतीय नोटसहित पक्राउ

रविन्द्र उप्रेती

महोत्तरी — प्रहरीले ४ लाख भारतीय नोटसहित जलेश्वर नगरपालिका-६ धवौलीका ३८ वर्षीय कैलाश साहलाई पक्राउ गरेको छ । भारतबाट जलेश्वरतर्फ आउँदै गरेका साहलाई जनकपुर-भिठ्ठामोड सडकस्थित खैरा चोकबाट नियन्त्रणमा लिएको हो । पैदल आउँदै गरेका उनलाई शंका लागि तलासि लिँदा कपडाको विभिन्न खल्तीबाट भारतीय नोट बरामद भएको थियो । 

बरामद गरिएका मध्ये २ हजार दरका ५० थान र ५ सय दरका ६ सय थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरी निरीक्षक राजन लम्सालकाअनुसार साहलाई मंगलबारै पथलैयास्थित आन्तरिक राजश्व कार्यालय पठाइएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?