कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पतिबाटै असुरक्षित महिला

सामाजिक, पारिवारिकसँगै घरायसी उल्झनका कारण महिला घरपरिवारबाटै असुरक्षित छन्
भरत जर्घामगर

(सिरहा) — सिरहा प्रहरीले हत्या घटनाको अनुसन्धान दायरालाई बढाएर अपराधी पक्राउलाई तीव्रता दिएपछि महिला पतिबाटै असुरक्षित भएको रहस्य खुलेको छ । दुई वर्षअघि पति सत्य नारायण यादवको हत्या भएपछि सिरहा कल्याणपुर नगरपालिका–४ की २५ वर्षीया गीतादेवीले देवर अक्षय कुमारसँग २०६६ सालमा सामाजिक रीतिरिवाज अनुसार विवाह गरिन् । 

बालबच्चा नजन्मिँदै पति सत्यनारायणको हत्या भएपछि अक्षयले सहमतिमै भाउजू गीतालाई स्विकारी विवाह गरेका थिए । तर, चार वर्ष नबित्दै गीताको पनि हत्या भयो । घटनाको ६ वर्षपछि उनको हत्या अक्षयले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दाजुको मृत्युपछि अक्षयले भाउजूसँग सहमतिमै बिहे गरे पनि पछि उनले दाइजोमा ५० हजार नगद र मोटरसाइकल माग गर्न थाले । बिहेपछि अक्षय र गीता कर्जन्हा नगरपालिका २ मा डेरा गरी बस्न थाले । २०७० पुस ९ गते उनीहरू मेला हेर्न मिर्चैया बजार गएका थिए । घर फर्किने क्रममा कर्जन्हा ४ स्थित भेडवा खोलामा गीताको घाँटीमा ब्लेडले काटिएको अवस्थामा शव फेला पर्‍यो ।


घटनास्थलमा जिकैं माओवादी नामबाट हिन्दीमा लेखिएको ‘हमारा सूचना’ भन्ने पर्चा भेटिएको थियो । घटना अन्तै मोड्न र आफू बच्नलाई अक्षयले त्यो पर्चा आफैंले लेखेर घटनास्थलमा छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दाइजो नदिएकै कारण गीताको हत्या गरेको प्रहरीसमक्ष उनले बयान दिएका छन् । ‘गीताको शव नजिकै भेटिएको पर्चाबाट अनुसन्धान थाल्यौं, पर्चामा लेखिएको अक्षर र प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष लेखेको नमुना अक्षर प्राविधिक परीक्षणका लागि केन्द्रीय विधि विधान प्रयोगशालामा पठायौं,’ सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘हस्तलिपि मेल खाएको प्रतिवेदन आधारमा अक्षयलाई घटनाको ६ वर्षपछि पक्राउ गर्न सफल भयौं ।’ घटनापछि विदेश गएका अक्षयको ११ वर्षीय छोरा छन् ।’


मञ्जु रायले सुखीपुर नगरपालिका ७ का इलियास मियासँग प्रेम गरिन् । उनीहरू बिहेपछि ससुराली घरको ५ सयमिटरको दुरीमा गोलबजार नगरपालिका ६ का नरेन्द्र झाको घरमा डेरा गरी बस्न थाले । मञ्जुले बालिकालाई जन्म दिइन् । बालिकाको जन्मेसँगै इलियासले आफ्नो बच्चा नभएको विवाद गर्न थाले । त्यही विषयमा उनीहरूबीच विवाद बढ्दै गयो । गतवर्ष फागुन २१ गते मञ्जुको शव डेरामै फेला पर्‍यो ।


घटनापछि इलियासले सासूलाई मञ्जुको मृत्यु भएको खबर सुनाएका थिए । पोस्टमार्टम रिर्पोटमा आत्महत्या वा विष सेवन गरेको नदेखिएपछि प्रहरीले उनका पति इलियासमाथि अनुसन्धान थाल्यो । मञ्जुसँग प्रेम गर्दा

राजेश पासवान भनेर ठगेका इलियासले नै मञ्जुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्यो । प्रहरीले उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा समेत एउटा घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?