१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बेलायती सहयोगमा पूर्वाधार

कान्तिपुर संवाददाता

जनकपुर — बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग डीएफआइडीको सहयोगमा धनुषाका विभिन्न ठाउँमा एक दर्जन पूर्वाधार आयोजना सञ्चालित छन् । विद्यालय भवन, पूल, कल्भर्ट लगायत भौतिक पूर्वाधार निर्माणाधीन छन् ।

सङ्घीय मामिला मन्त्रालयद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सीडीपी) अन्तर्गत धनुषामा सञ्चालित पूर्वाधार निर्माणका लागि करिब १ करोड ७० लाख रुपैयाँ बराबरको आयोजना निर्माणाधीन छन् । सामुदायिक विकास कार्यक्रम अन्तर्गत जीर्ण विद्यालय भवन निर्माण तथा मर्मतसम्भार, फर्निचर, साना पूल, कल्भर्ट निर्माण र जनचेतना अभिवृद्धिका गतिविधि सञ्चालित रहेको ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) ले जनाएको छ ।


सामुदायिक विकास कार्यक्रम गैरसरकारी संस्था आरआरएनमार्फत स्थानीय तहको साझेदारी लगानीमा पूर्वाधार निर्माणाधीन छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–३ प्रखे महुवामास्थित ७० वर्षअघि स्थापित श्रीगिरिजा आधारभूत विद्यालयको दुई कोठे भवन र फर्निचर निर्माणाधीन छन् । यसका लागि ३१ लाख ४ हजार ३ सय ८४ रुपैयाँ र स्थानीय सरकारले तहले ७ लाख गरी ३८ लाख ४ हजार ३ सय ८४ रुपैयाँ उपलब्ध गराइएको आरआरएन धनुषाका संयोजक खरभुषण साहले बताए ।


जनकनन्दनी गाउँपालिका–५ पत्नुकामा ३४ लाख रुपैंयाा लगानीमा तीन कोठे वर्थिङ सेन्टर, सोही गाउँपालिका–२ स्थित भैरव महादेवमा १८ लाख २१ हजार रुपैयाँमा स्लेभ कल्भर्ट र वडा नं –१ इनर्वामा ८ लाख १७ हजार रुपैयाँ लगानीमा टयुवबेल खानेपानी जडान आयोजना निर्माणाधीन छन् ।


वर्थिङ सेन्टरमा आरआरएनबाट २९ लाख ९९ हजार ४ सय ५२ रुपैयाँ र स्थानीय निकायको ३ लाख ९९ हजार ९ सय ९१ गरी ३३ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ, भैरव महादेव कल्भर्ट निर्माणका लागि आरआरएनले १४ लाख २१ हजार ९ सय २२ रुपैयाँ र स्थानीय तहले ७ लाख गरी ३ लाख ९९ हजार ९ सय ९७ गरी १८ लाख २१ हजार ९ सय १९ रुपैयाँ र ८ लाख १७ हजार ६ सय ५७ रुपैयाँ लगानीमा ट्युवबेल खानेपानी निर्माणाधीन छन् ।

प्रकाशित : आश्विन १२, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?