३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पसल चोरी गरिरहेका २ भारतीयसहित ४ पक्राउ, प्रहरीको गोली लागी १ घाइते  

श्यामसुन्दर शशि

(जनकपुर ) — प्रहरीले एक पसलमा डकैती गर्दै गरेको अवस्थामा बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गोली हानेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गोली लागी १ घाइते भएका छन् ।

पसल चोरी गरिरहेका २ भारतीयसहित ४ पक्राउ, प्रहरीको गोली लागी १ घाइते  

प्रहरी उपरीक्षक शेखर खनालले जनकपुर २ स्थित जानकी फर्निसिङमा डकैती गर्दै गरेको बेला ४ डाँका पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरी उपरीक्षक खनालका अनुसार पक्राउ पर्नेमा भारत विहारका ४० वर्षीय मोहम्मद ईलियास, ३९ वर्षीय ओजिर अन्सारी, रौतहटका ३५ वर्षीय गगन पटेल र ४५ वर्षीय विनोदप्रसाद सिंह छन् । प्रहरीले चलाएको गोली विनोदप्रसाद सिंहको खुट्टामा लागेको छ । सिंहको उपचार जनकपुर अञ्चल अस्पतालमा हुँदैछ ।


बिहीबार बिहान घटनास्थल पुगेको प्रहरी देखेपछि उनीहरुले पेस्तोल देखाउँदै भाग्न खोज्दा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि भाग्न नछाडेपछि गोली चलाउनु परेको एसपी खनालले जानकारी दिए । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल तथा २ राउण्ड गोली, ताल्चा काट्न प्रयोग हुने कटर, मोबाइल लगायत सामान बरामद भएको छ ।


एसपी खनालले जिल्लामा दसैं-तिहार-छठ पर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनका अनुसार ४ सय ८५ सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : आश्विन ९, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?