चोरीका मोटरसाइकलसहित २ पक्राउ

धनुषा — धनुषा प्रहरीले चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनौजी गाउँपालिका-१ लखौरीका १९ वर्षीय विनोदकुमार साह र धनदौजी-४का २० वर्षीय चन्दन मण्डल छन् ।  

चोरीका मोटरसाइकलसहित २ पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१० पुल चोकबाट साहले ज ९ प ६८७१ नम्बर को १५० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।


यस्तै,मण्डललाई प्रहरीले बहुअर्वाबाट ज ७ प ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल सहित पक्राउ गरेको थियो । दुवै विरुद्ध चोरी मुद्दा दर्ती गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?