कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चट्याङ लागेर एकको मृत्यु

रासस

पर्सा — वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । 

बिहान ४:३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?