१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पत्रकारको पुनर्बहाली माग्दै धर्ना

महोत्तरी — प्रदेश २ मा कार्यरत पत्रकारहरुले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय, बर्दिवासमा धर्ना दिएका छन् । 

पत्रकारको पुनर्बहाली माग्दै धर्ना

बिनाकारण पत्रकारलाई हटाइएको भन्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अगुवाइमा आइतबार रेडियो नेपालको कार्यालयको मूलढोकामा धर्ना दिइएको हो । एक घण्टादेखि जारी धर्ना कार्यक्रममा महोत्तरी, धनुषा, सप्तरी, सिरहा लगायत जिल्लाका पत्रकारहरु सहभागी छन् ।


रेडियो नेपालबाट हटाइएका सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई तत्काल पुनर्बहाली गर्नुपर्ने, श्रमजीवी ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।


पत्रकार महासंघ केन्द्रको निर्णयबमोजिम आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।



प्रकाशित : आश्विन ५, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?