कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यक्षका चालकमाथि आक्रमण

बारा — देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहका चालकमाथि बिहीबार अज्ञात समूहले आक्रमण गरेको छ । गाउँपालिकाका ४ नम्बर वडाका वडाध्यक्ष मिश्रीलाल सहनीलाई उनको घर पिप्राढी छोडेर कलैया आउने क्रममा गौडा कुरेर बसेको समूहले आक्रमण गरेका हुन् ।

आक्रमणले चालक महेन्द्र सहनीको हात भाँचिएको छ । उनले बोकेको मोबाइल फोन फुटाइदिएका छन् । उनको कलैया अस्पतालमा उपचार भएको छ । कलैया–बरियार सडक बीचमा राति ११ बजे तीन जनाको समूहले अध्यक्ष चढ्ने गाडी रोकेर गालीगलौज गर्दै एक्कासि आक्रमणम गरेको पीडित चालक महेन्द्रले बताए ।


घटनास्थलमा तत्कालै प्रहरी पुग्दा ती समूह भागिसकेका थिए । ‘मुखमा मास्क लगाएर तीनवटा मोटरसाइकल बाटैमा तेर्स्याएर पर्खिरहेका थिए,’ चालक महेन्द्रले भने, ‘हाम्रो गाडी रोकेर मलाई जबरजस्ती बाहिर निकाली एक्कासि कुट्न थाले ।’ आक्रमण गर्नेहरूले गाउँपालिका अध्यक्षलाई गढीमाईको मेला आउनु पूर्व मारिदिने धम्की समेत दिएको चालक महेन्द्रले शुक्रबार कलैयामा आयोजित पत्रकार सम्मलेनमा बताए ।

प्रकाशित : आश्विन ५, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?