जितिया पर्व सुरु

जनकपुर — जितिया पर्व तराई–मधेसमा शुक्रबारदेखि सुरु भएको छ । पवित्र नदी तथा जलासयमा स्नान गरी शुद्ध पवित्र बनेका ब्रतालुहरू शनिबार बिहानैदेखि निराहार ब्रत बस्दै छन् । 

जितिया पर्व सुरु

आइतबार अपराह्न पूजा–अर्चना र कथा सुनेपछि अन्नजल ग्रहण गर्नेछन् । ‘नहाय खाय’ अर्थात नुहाएर खाना खाएपछि यो पर्व सुरु हुन्छ । अन्य पर्व त्योहारको पूर्व सन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन छ । जसलाई मधेसमा ‘माछमरुवा’ भनिन्छ ।


व्रतको दोस्रो दिन शनिबार बिहान सूर्य उदय हुनुपूर्व व्रतालु महिला ‘अंगुठन’ गर्नेछन् । बिहान घिरौलाको पातमा च्युरा दही, केला, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाई सपरिवार प्रसाद ग्रहण गर्नेछन् । पितृपक्षमा हुने यस पर्वमा व्रतालु महिला आ–आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृलाई नैवेद्य चढाउँछन् ।


दुई दिनको निराहार उपवासका क्रममा व्रतालुहरू आफ्नो मुखले सिन्कोसम्म टोक्नु हुन्न । भूलबस सिन्को टोकियो वा मुखबाट पानी पनि आयो भन्ने व्रतालु आजीवन व्रत बस्न पाउॅदैनन् ।


सन्तानको दीर्घायु तथा सुख संवृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्त्व छ । ठूलो दुर्घटना वा कुनै विपदबाट जोगिएपछि यहाँ भन्ने गर्छन्, तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमाले जितिया गरेका कारण तिम्रो ज्यान जोगियो ।


प्रकाशित : आश्विन ४, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?