कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गाउँपालिकाका चालकमाथि आक्रमण, अध्यक्षलाई धम्की

बारा — देवताल गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंहका चालकलाई बिहीबार राति अज्ञात समूहले कुटपिट गरेको छ । देवताल–४ वडाका वडा अध्यक्ष मिश्रीलाल सहनीलाई पिप्राढीस्थित घरमा छोडेर कलैया आउने क्रममा ढुकेर बसिरहको समूहले आक्रमण गरेको हो । 

आक्रमणबाट चालक सहनीको हात भाँचिएको छ । शरीरका अन्य भागमा चोट लागेको छ । आक्रमणकारी समूहले उनले मोबाइल फुटाइ दिएका छन् । साहनीको कलैया अस्पतालमा उपचार गरिएको छ ।


कलैया–बरियार सडकको बीचमा राति ११ बजे ३ जनाको समूहले अध्यक्ष चढ्ने गाडी रोकेर गालीगलौज गर्दै एक्कासी आक्रमण गरेको साहनीले बताए । ‘मुखमा मास्क लगाएर ३ वटा मोटरसाइकल बाटोमा तेर्स्याएर पर्खिरहेका थिए,’ चालक महेन्द्रले भने, ‘गाडि रोकेर मलाइ जबरर्जस्ती बाहिर निकाली एक्कासी कुट्न थाले ।’


घटनास्थलमा तत्कालै प्रहरी पुगे पनि उक्त समूह भागिसकेको थियो । उनीहरुको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नायब उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।


उक्त समूहले आफूलाई कुटपिट गरेसँगै गाउँपालिका अध्यक्षलाई गढीमाईको मेला अघि नै ज्यान मार्ने धम्की समेत दिएको महेन्द्रले शुक्रबार कलैयामा पत्रकार सम्म्लेन गरी बताए । गाउँपालिका अध्यक्ष चन्दनले घटनाका दोषीलाई पक्राउ गरी गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।

प्रकाशित : आश्विन ३, २०७६ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?