कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनकपुरमा संविधानको विरोधमा प्रदर्शन

सन्तोष सिंह

धनुषा — राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनकपुरमा संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् । राजपा नेता महन्थ ठाकुर, राष्ट्रियसभा सदस्य वृषेशचन्द्रलाल, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सांसद, राजपाबाट निर्वाचित मेयर, उप-मेयरहरुले संविधान जारी भएको दिन असोज ३ गते कालो दिनको रुपमा ब्याख्या गरेका छन् ।

जनकपुरमा संविधानको विरोधमा प्रदर्शन

जनकपुरको जनकचोकबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै जनकचोकमा कोण सभा गरी सकिएको थियो । कोणसभा सम्बोधन गर्ने नेताहरुले साँझ बत्ती नबाली ब्ल्याक आउट गर्न व्यापारीसँग आग्रह गरे ।


प्रदेश २ का भौतिक पूर्वाधर विकास मन्त्री जितेन्द्र सोनलले संविधान संशोधन नभएसम्म आसोज ३ गते मधेसमा कालो दिनकै रुपमा संविधानको विरोध गर्ने बताए ।

प्रकाशित : आश्विन ३, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?