संविधान विरुद्धको प्रदर्शनमा प्रदेशमन्त्री

अवधेशकुमार झा

राजविराज — राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका  स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरे ।  

संविधान विरुद्धको प्रदर्शनमा प्रदेशमन्त्री

गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।


प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए ।


यसैबीच संविधान दिवस समारोह समिति सप्तरीको आयोजनामा बिहीबार बिहान राजविराज नगरको विभिन्न भागको सरसफाई गरिएको छ ।


यो पनि

प्रकाशित : आश्विन २, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?