२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कटुवा पेस्तोलसहित एक पक्राउ

सन्तोष सिंह

धनुषा — जनकपुरको लोहनाबाट सशस्त्र प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार राति जनकपुरबाट दक्षिणतर्फ साइकलमा जाँदै गरेका धनौजी गाउँपालिका–२ का ३२ वर्षीय मनिष मिश्रलाई हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।

कटुवा पेस्तोलसहित एक पक्राउ

मिश्रको साथबाट कपडामा वेरीएको आवस्थामा कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको उप्रेतले बताए । गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जनकपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको सशस्त्र प्रहरीले हतियार बरामद गरेको हो ।


पक्राउ परेका मिश्रलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?