कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चन्द समूहका जिल्ला सचिव पक्राउ

पवन यादव

सिमरा — नेत्रविक्रम चन्दले नेतृत्वको नेकपाका बारा जिल्ला सचिव अतिश मिश्रा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले खोजतलासको क्रममा राजन गिरी उपनामका वीरगंज महानगरपालिका १३ निवासी मिश्रालाई पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

चन्द समूहका जिल्ला सचिव पक्राउ

उनका अनुसार मिश्रा परवानीपुर गाउँपालिका ४ बाट पक्राउ परेका हुन् ।


गैरराजनीतिक र आपराधिक क्रियाकलाप बढाएपछि सरकारले विप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ गर्न सरकारले निर्देशन दिएको छ ।


सरकारले प्रतिबन्ध लगाएपछि बारा प्रहरीले अहिलेसम्म चन्द समूहका ११ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकालाई मुद्दा चलाइएको छ ।



प्रकाशित : भाद्र २७, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?