३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सरकारको आलोचना गर्दै प्रदेशसभा अवरुद्ध

सन्तोष सिंह

(धनुषा) — प्रदेश २ का प्रतिपक्ष नेकपा र कांग्रेस सांसदहरुले शुक्रबार प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । प्रदेशसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसद शिवचन्द्र चौधरीले गत आर्थिक वर्ष भएको कामको भुक्तानीबारे सरकारले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।

सरकारको आलोचना गर्दै प्रदेशसभा अवरुद्ध

चौधरीको अडानपछि नेकपा र कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए । उनले सभामुखको रुलिङ्ग अटेर गरी सरकारले सदनमा जवाफ नदिनु संसद्को अवहेलना भएको आरोप लगाए ।


'सरकारले भुक्तानीबारे संसद्‌मा जवाफ दिनु पर्छ', सांसद चौधरीले भने, ‘मुख्यमन्त्री लालबाबु राउतले वितरण गरिरहेको साइकल वितरणमा प्रदेश सांसदको उपेक्षा गरेका छन् । साइकल वितरण कार्यक्रममा सम्बन्धित क्षेत्रको सांसदलाई नबोलाएर मुख्यमन्त्रीले अपमान गरेको छ ।’


मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा विद्यालयमा साइकल वितरण गर्दा सम्बन्धित क्षेत्रमा सांसदलाई जानकारी नदिएको उनले असन्तुष्टि पोखे । 'मुख्यमन्त्रीले गुपचुप रुपमा साइकल वितरण गर्न मिल्दैन', चौधरीले भने ‘प्रदेश सांसदलाई जानकारी नै नगराई साइकल वितरणबारे चित्तबुझ्दो जवाफ सरकारबाट नआएसम्म संसद्‌ चल्दै दिँदैनौं ।’


बैठक स्थगित पछि नेकपाका सांसद रामचन्द्र मण्डलले २० प्रतिशतसम्म कमिशन दिएको योजनामा सम्झौता, कार्यादेश दिइ दुई दिनमै भुक्तानी दिने तर कमिशन नदिने उपभोक्ताको चेक नबनाएको आरोप लगाए । यसअघि गत आइतबारको बैठकमा सभामुख सरोजकुमार यादवले भुक्तानी सम्बन्धमा सरकारलाई जवाफ दिन रुलिङ्ग गरेका थिए ।


प्रकाशित : भाद्र २७, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?