माछा मार्ने क्रममा दिदीबहिनीसहित ३ बालिकाको मृत्यु

शिव पुरी

रौतहट — जिल्लाको ईशनाथ नगरपालिका १ बन्जाराहा गाउँमा बिहीबार साँझ माछा मार्न गएका ३ बालिकाको मृत्यु भएको छ । बन्जाराहाका ७ वर्षीया सरिताकुमारी साह, १० वर्षीया किन्जलकुमारी यादव र ६ वर्षीया गुञ्जनकुमारी यादवको डुबेर मृत्यु भएको इलाका प्रहरी बन्जाराले जनाएको छ । 

गाउँभरीका बालबालिकाहरु खेतको खाडलमा जमेको पानीमा माछा मार्न गएका थिए । उनीहरुमध्ये ३ जना नफर्किएपछि साँझ ६ बजेबाट अभिभावकले खोजतलास गरेका थिए । खोजीको क्रममा पोखरीमा मृत फेला परेको प्रहरी नायव निरीक्षक अक्षयकुमार साहले बताए ।

मृतक गुञ्जन र किन्जल दिदीबहिनी हुन् । मृतक तीनै जनाको शव गाउँमा राखिएको छ ।


घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


प्रकाशित : भाद्र २६, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?