२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वीरगन्जमा डेंगुरोगी ३९ पुगे

शंकर आचार्य

पर्सा — वीरगन्जमा बुधबारबार साँझसम्म ३९ डेंगु रोगी फेला परेका छन् । वीरगन्ज महानगरपालिकाको कार्यालयले डेंगु रोगबारे आयोजना गरेको अन्तरकृयामा महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले यो जानकारी दिएका हुन् । 

वीरगन्जमा डेंगुरोगी ३९ पुगे

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा २०, तराई हस्पिटलमा १०, नारायणी अस्पतालमा ४, गण्डक अस्पतालमा २, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल र एडभान्स अस्पतालमा १–१ बिरामी भर्ना रहेका छन् । सबै बिरामीमध्ये पर्सा जिल्लाका २५, बाराका ८ र आधा दर्जन बिरामीको ठेगाना खुलेको छैन । पर्साका २५ बिरामीमध्ये १७ वीरगन्ज महानगरकै छन् ।

प्रादेशिक रूपमा हेर्दा भदौ २२ सम्म प्रदेश १ मा ८ सय ३१, २ मा ७४, ३ मा २ हजार १०, गण्डकी प्रदेशमा ८ सय ९६, ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ बिरामी गरी कुल ३ हजार ८ सय ९९ डेंगुका केस फेला परेका छन् । विगतको अनुभव हेर्दा प्रदेश २ मा डेंगु रोग बढी देखिनु पर्नेमा प्रदेश ३ मा बढी देखिएको महतोले बताए ।

५ वर्षअघि पर्सा जिल्लामा भयावह रूपमा डेंगु रोग देखिएकोमा यसपटक भने त्यस्तो अवस्था नरहेको उनले दाबी गरे । यस वर्ष कर्णाली प्रदेशमा पनि यो रोग देखिनुमा ग्लोबल वार्मिङ, जलवायु परिवर्तन तथा यातायातको सुविधाले पनि यो रोग बिस्तार भएको हुन सक्ने महतोले बताए । सन् २००५ मा पहिलो पटक नेपालमा यो रोग देखिएको र २००९ मा झापा हुँदै यो रोग बिस्तार भएको उनले बताए ।

महतोले बिरामीको डेंगु परीक्षणका लागि निःशुल्क किट उपलब्ध गराउने, स्थानीय एफएमबाट जनचेतनामूलक सन्देश प्रशारण गर्ने तथा डेंगुका लामखुट्टेको उदग्मस्थल नष्ट गर्ने काम पनि सँगसँगै चलेको दाबी गरे । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातका लामखुट्टेले सार्ने यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, चिलाउने, घाँटी खसखस गर्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छ ।

जमेको सफा पानीमा यो लामखुट्टेको लार्भा हुर्कने गरेको छ । काँचका फुटेका बोतल, टायर, गमला, अन्डाको बोक्रा आदिमा समेत जमेको सफा पानीमा यो जातको लामखुट्टे हुर्कने गरेको छ । राति सुत्ने र दिउँसो मात्र टोक्ने यो लामखुट्टेले तीब्र रूपमा रोग फैल्याउने काम गर्छ ।

सफा पानीमा बस्ने कालो रङमा सेता थोप्ला भएका लामखुट्टेको माध्यमबाट सर्ने यो रोग सर्छ ।

प्रकाशित : भाद्र २६, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?