१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रौतहटमा झडप, प्रहरीद्वारा २९ राउन्ड हवाई फायर

शिव पुरी

रौतहट — राजपुर फरदहवा नगरपालिका ६ कुडियागाउँमा बुधबार साँझ मुस्लिम समुदायको मोहरमा पर्व मनाइसकेपछि झडप भएको छ । झडपका क्रममा १० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन प्रहरीले २९ राउन्ड अश्रुग्यास, एसएलआर र सटगन गोली चलाएको छ । अहिले स्थिति सामान्य छ ।

रौतहटमा झडप, प्रहरीद्वारा २९ राउन्ड हवाई फायर

सहमतिबेगर केही व्यक्तिले कुडिया घाटमा झन्डा प्रयास गरेको भन्दै दुई पक्षबीच झडप भएको हो । घाटमा हिन्दुले छठ पर्व मनाउने गर्छन् । यही कारण झडप भएको हो । झडपकै क्रममा केहीबेर ढुंगा हानाहान भएको थियो । घाट नजिक सुरुदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएकाले अप्रिय घटना हुन पाएन ।


जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिने क्रममा अश्रुग्यास ८, सटगन ९ र एसएलआरबाट १२ राउन्ड गोली हवाई फायर गरिएको बताए । ‘पर्व सकिएपछि झन्डा नगाड्ने भन्ने स्थानीयले पहिला सहमति गरेका थिए,’उनले भने, ‘केहीले अटर गरेपछि झडप भएको हो ।’ झडपको क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर १० जनाभन्दा बढी सुरक्षाकर्मी सामान्य घाइते भएको उनले जनाए ।

केहीबेर झडपपछि अहिले स्थिति सामान्य बनेको एसपी खत्रीले बताए । मुस्लिम समुदायको मोहरम पर्वको रुपमा यसलाई लिइन्छ । दाहा झन्डा बनाएर मुस्लिम युवाहरुले लाठी, भाला, तरबार नचाएर विभिन्न कला देखाउँछन् । सकेपछि झन्डा साथै लिएर जान्छन् । कुडिया घाटमा झन्डा गाड्न लागेको निहुँमा दुई पक्षबीच झडप भएको हो । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको एसपी खत्रीले बताए ।

प्रकाशित : भाद्र २५, २०७६ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?