कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जिल्ला अस्पताल कलैयामा औषधि अभाव

बारा — जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति पनि बेखबर छ । 

जिल्ला अस्पताल कलैयामा औषधि अभाव

अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी भएपनि हाल पाँच चिकित्सकसहित ११ जना कर्मचारी मात्र कार्यरत छन् ।


जनशक्ति नहुँदा अस्पतालको कामकाज समेत प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमचन्द्र चौरसियाले बताए ।


यसअघि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका थिए । “अहिले सेवाग्राहीको संख्या घटेको छ”, उनले भने । चिकित्सक नहुँदा सुत्केरी सबैभन्दा बढी प्रभावित छन् । उनीहरु निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन् ।

प्रकाशित : भाद्र २३, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?