कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लामखुट्टे धपाउने अभियान

भरत जर्घामगर

सिरहा — गोलबजार नगरक्षेत्रमा ७ जनामा डेंगु देखिएपछि नगरपालिकाले लामखुट्टे धपाउने अभियान सुरु गरेको छ । लामखुट्टे निर्मूल गर्न नगरक्षेत्रको सार्वजनिक स्थलमा नगरपालिकाले औषधी छर्न थालेको हो । 

लामखुट्टे धपाउने अभियान

गोलबजार नगरपालिकाका वडा नम्बर ४ र ३ मा ७ जनामा डेंगु देखिएपछि थप प्रभावित हुन नदिन नगरक्षेत्रको ढल, नाला र पानी जमेको स्थानमा फगर मेसिनको प्रयोगबाट लामखुट्टे धपाउने अभियान थालिएको हो ।


नगरपालिकाका प्रमुख देवनाथ साहको घरैमा ४ जनामा डेंगु देखिएको छ । मेयर साहका पत्नी, बुहारी, नाति र बुहारीका भाईसहित ४ जनामा डेंगु संक्रमण देखिएको हो । त्यसैगरी वडा नम्बर ४ का रविन्द्रकुमार महतो, ममताकुमारी यादव र वडा नम्बर ३ का लालबाबु कर्णमा देखा डेंगु देखा परेको छ ।


डेंगु प्रभावितहरुको धरान, विराटनगर र काठमाडौंमा उपचार भइरहेको छ ।


नगरक्षेत्रमा डेंगु प्रभावित देखिएपछि नगरपालिकाले त्यसबाट बच्न सन्देशमूलक सुचना सम्प्रेषणसहित सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७६ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?