१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

भारत लैजाँदै गरेको काठसहित एक भारतीय पक्राउ

सर्लाही — अवैध रुपमा नेपालबाट ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरेको साल र टिकका चिरान काठसहित शनिबार राति एकजना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  

नम्बर नलेखिएको भारतीय नम्बरको ट्रयाक्टरमा १५० पचास क्यूफिट साल र टिकका चिरान काठ बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सर्लाही सदरमुकाम मलंगवा–५ भाँडसरको उर्लहिया दशगजा छेउबाट सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको हो ।


ट्रयाक्टरमा लैजादै गरेको काठसहित भारतको सितामढी जिल्ला चिलरा–२ का २८ वर्षीय चालक दशरथ रामलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।


नियमित गस्तीको क्रममा भारततर्फ लैजान थालेको साल र टिकका चिरान काठ बरामद गरेको सशस्त्र प्रहरी १० नम्बर गणले जनाएको छ । बरामद काठसहित ट्रयाक्टरलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । बरामद काठ करिब ५ लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


पूर्व–पश्चिम राजमार्ग छेउछाउ तथा चुरे क्षेत्रमा रहेको जंगलबाट लुकीछिपी काठ तस्करी बढ्दो छ । प्रभावकारी ढंगले सम्बन्धित कार्यालयले अनुगमन नगर्दा यस क्षेत्रका काठ अवैधरुपमा भारतीय बजारमा पुग्ने गरेको छ ।


जंगलको काठ चोरी गरेर नेपाली बजार तथा भारतीय बजारमा पुर्‍याउन केही गिरोह नै सकृय रहेको स्थानीयको भनाई छ । वनका काठ धमाधम कटान हुँदा समेत स्थानीय तह र सम्बन्धित निकायले वन जोगाउन खासै पहल नगरेको स्थानीयको आरोप छ ।

प्रकाशित : भाद्र २२, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?