१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रदेशको आर्थिक सम्मुन्नतिमा होटल तथा पर्यटन उद्योग बलियो विकल्प  : मुख्यमन्त्री राउत

रवीन्द्र उप्रेती

काठमाडौँ — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आर्थिक सम्मुन्नतिमा होटल तथा पर्यटन उद्योग बलियो विकल्प हुने बताएका छन् । 

प्रदेशको आर्थिक सम्मुन्नतिमा होटल तथा पर्यटन उद्योग बलियो विकल्प  : मुख्यमन्त्री राउत

प्रदेश २ का होटलहरुको छाता संगठन नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको प्रथम महाधिवेशन शुक्रबार बर्दिवासमा उद्घाटन पछि मुख्यमन्त्री राउतले उक्त धारणा राखेका हुन् । उनले भिजिट नेपाल २०२० लाई सफल पार्न तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए ।


महाधिवेशनमा वक्ताहरुले होटल तथा पर्यटन व्यवसायलाई राज्यले उद्योगको रुपमा विकास गर्नु पर्ने माग उठाएका थिए । उनीहरुले प्रदेशको पर्यटन क्षेत्रलाई व्यावसायिकरुपमा अघि बढाउन दक्ष जनशक्ति, लगानी प्रवर्द्धन, मजदुर व्यवस्थापन र योजनाबद्ध कार्यक्रमको आवश्यकता औंल्याए ।


महाधिवेशन आइतबारसम्म चल्ने छ। अधिवेशनमा १ हजार ६ सय होटलका प्रतिनिधि सहभागी छन् ।


प्रकाशित : भाद्र २१, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?