सेनाको गणनजिक महिलाको शव 

रवीन्द्र उप्रेती

महोत्तरी — बर्दिवास ८ स्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाअर्न्तगत कालीसिद्धि गण नजिक शनिबार बेवारिसे महिलाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षकी ती महिला गणनजिकको सडकमा बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

सेनाको गणनजिक महिलाको शव 

कालो रंगमा सेतो छिर्के बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी, कम्मरमा रातो सल बाँधेकी महिलाको सनाखत हुन नसकको इलाका प्रहरी बर्दिवासले जनाएको छ ।


प्रहरी निरीक्षक अशोक साहकाअनुसार टिपर गुड्ने सडकमा फेला परेकी महिलाको अनुहारमा चोटपटक लागेको पहिचान गर्न कठिन भएको छ । शव पोस्टमार्टमका लागि शनिबारै जलेश्वर पठाइएको छ ।


प्रकाशित : भाद्र २१, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?