महोत्तरी — चन्द समूहका महोत्तरी इन्चार्ज रुपबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनलाई आइतवार साँझ बर्दिबास नजिकैबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
इलाका प्रहरी बर्दिवासका अनुसार रुपेशमाथि जेठ १३ गते बर्दिवास नगरपालिका कार्यालयमा कुकर बम राखेको आरोप छ ।
तत्काल प्राप्त सूचना र प्रमाणको आधारमा थप आरोपसहित कार्की विरुद्ध मुद्दा चलाइने उनले बताए ।