कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छाडा चौपाया कान्जी हाउसमा

(पर्सा) — छाडा चौपायाको समस्या पुनः बढेपछि सरोकारवालाहरूको एक टोलीले वीरगन्ज महानगरको मुख्य सडक क्षेत्रबाट शुक्रबार बिहान ३५ चौपाया बरामद गरेको छ । ग्रिन सिटी सामुदायिक संस्था आदर्शनगर वीरगन्ज र वीरगन्ज महानगरपालिकाका नगर प्रहरीको साझेदारीमा यो कार्यक्रम गरिएको हो ।

यस ग्रिन सिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानले बरामद गरिएका चौपाया ४८ घण्टा कान्जी हाउसमा राखिने बताए । दाबी गर्न आउने चौपाया धनीलाई जरिवाना गराई चौपाया जिम्मा लगाइनेछ । यस अवधिमा पनि कोही चौपाया धनी दाबी गर्न नआए ती चौपाया स्थानीय गौशालाको जिम्मा लगाइने उनले बताए ।


लामो समयदेखि महानगरको सडकमा यो अभियान नचलाइँदा छाडा चौपायाको समस्या बढेको थियो । पटक(पटक यस्तो कारबाही गरिँदा पनि सडकमा चौपाया छोड्ने प्रवृत्ति निरुत्साहित हुन सकिरहेको छैन । बिगतमा केही पटक यस्ता चौपाया संकलन गरी पथलैया पूर्व राजमार्गको जंगली क्षेत्रमा लगेर छाडिएको थियो । तर, पर्सा निकुञ्ज कार्यालयले त्यसको विरोध गरेको थियो ।


महानगरको ट्राफिक व्यवस्थापनमा छाडा चौपाया ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरू पटक(पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर सख्त घाइते समेत भएका छन् ।


महानगरमा गाई पाल्नेले दिन भरी सडकमा बेवारिशे छाड्ने र दूध दुहुने बेलामा तिनलाई गोठमा बाँध्ने प्रवृत्ति रहेको छ । यस्ता गाई धनीले गाईले बाच्छी जन्माए पाल्ने र बाच्छो जन्माए सडकमा छोड्ने गरेकाले पनि महानगरका सडकमा साँढेको कहिल्यै घट्दैन । यस्ता पशु धनीको पहिचान गरी तिनलाई दण्डित गरिए मात्र उनीहरू सुध्रने खेतान बताउँछन् । महानगरको सडक व्यवस्थित र चौपाया मुक्त बनाउन हरसम्भव प्रयास गरिरहेको उनले बताए । तर यसका लागि महानगरबासी पनि आआफ्नो ठाउँबाट जिम्मेवार भई लागे मात्र यो अभियान सफल हुने उनले बताए ।


प्रकाशित : भाद्र १४, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?