कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पेस्तोल र मोटरसाइकल छाडेर फरार

सन्तोष सिंह

धनुषा — धनुषाको औरहीबाट सशस्त्र प्रहरीले चेक गर्ने क्रममा एक थान हतियार बरामद गरेको छ । औरही गाउँपालिका—३ बाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिंह धामीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान कटुवा पेस्तोल बरामद गरेको हो ।

पेस्तोल र मोटरसाइकल छाडेर फरार

सशस्त्र प्रहरीले जाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ब्यक्ति मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।


भारततर्फबाट औरही हुँदै बालगंगातर्फ आउँदै गरेको व्यक्ति पेस्तोल फालेर फरार भएको थियो । बरामद भएको पेस्तोल र मोटरसाइकल थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय औरहीमा बुझाइएको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।

प्रकाशित : भाद्र ११, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?