नक्कली भारतीय रुपैयाँसहित २ पक्राउ

भूषण यादव

(वीरगन्ज) — नक्कली भारतीय रुपैयाँसहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैदल यात्रु बहुदरमाई नगरपालिका-२ वैरियाविताका ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज छपकैया बस्ने ४८ वर्षीय जमिल अख्तर छन् ।

नक्कली भारतीय रुपैयाँसहित २ पक्राउ

शुक्रबार मध्यान्ह पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुको साथबाट १ लाख ९० हजार (भारतीय २ हजारको ९५ थान) नक्कली नोट बरामद भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।


कारोबारीले वीरगन्जबाट सीमावर्ती भारतीय बजारतर्फ नक्कली भारतीय रुपैयाँ लगिरहेको विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार जाँचमा कडाई गरेको थियो ।


प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ३ महिनाको अवधिमा प्रहरीले स्रोत नखुलेको ५ लाख ८० हजार भारु बरामद गरेको जनाए ।

प्रकाशित : भाद्र ६, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?