कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्तव्यस्त शिक्षा इकाइ

राजविराज — शिक्षा विकास तथा समन्वय इकाइको राजविराज कार्यालय सुनसान छ । इकाइ प्रमुख फणिन्द्र खत्री चिन भ्रमणमा छन् । निमित्त प्रमुख भवानी कट्टेल आमाको निधनले बिदामा छन् । शाखा अधिकृतको दरबन्दी खाली छ । प्राविधिक सहायकको दुई दरबन्दीमा विजय यादब मात्र कार्यरत्त छन् । 

कर्मचारी अभावले शिक्षा इकाइ अस्तव्यव्यस्त बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा भएका शिक्षकको जिल्लाअन्तर सरुवा र जिल्लाको आन्तरिक सरुवा र पदास्थापनमा रकमको चलखेल भएको शिक्षा इकाइलाई आरोप लागेको छ । आन्तरिक र जिलान्तर सरुवा र पदास्थापनको प्रक्रिया तथा माध्यमिक शिक्षकको नियुक्ति प्रक्रिया गरेर इकाइ प्रमुख खत्री चीन भ्रमणमा गएका हुन् । कार्यालयका मुख्य कर्मचारी बिदेश भ्रमण र बिदामा बसेपछि एसईई परीक्षा सञ्चालनमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मोरङबाट शाखा अधिकृत शालिग्राम दाहाललाई निमित्त बनाएर मन्त्रालयले परीक्षा सुचारु गर्न पठाएको छ ।


‘एसईईको पूरक परीक्षा गर्नुबाहेक मलाई कार्यालयसम्बन्धी केही जानकारी छैन,’ निमित्त प्रमुख दाहालले भने । स्रोतका अनुसार आन्तरिक र अन्तरजिल्ला शिक्षकको सरुवा र पदस्थापनमा रकमको चलखेल भएको छ । ‘रकम नदिए पदस्थापन नै हुँदैन,’ एक शिक्षकले भने । जिल्ला शिक्षा तथा समन्वय इकाइको कामकाज लथालिंग गरेको जिल्ला शिक्षा समितिका संयोजक जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवले बताए ।


प्रकाशित : भाद्र ४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?