प्रहरीको पेस्तोल लुट्ने पक्राउ

शिव पुरी

रौतहट — प्रहरीको पेस्तोल लुटेर फरार रहेका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति झाँझपुलबाट फरार अभियुक्त राम एकबाल सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकबाल हातहतियार तथा खरखजाना मुद्दामा फरार अभियुक्त हुन् । उनी गरुडा नगरपालिका–२ गेडहीगुठीका स्थायी वासिन्दा हुन् । सहनी भूमिगत तराई मुक्ति मोर्चाको कार्यकर्ता हुन् । एसपी भूपेन्द्र खत्रीले बताए । ‘सर्लाही प्रहरीसित दोहोरो गोली हानाहान हुँदा सहनीले हतियार लुटेर भागेका थिए,’ जिल्ला प्रहरी कार्यालयका एसपी भुपेन्द्र खत्रीले भने, ‘केही समयदेखि खोजतलासमा थियौ । बल्ल पक्राउ पर्यो ।’

२०६७ मंसिर १७ गते इलाका प्रहरी हर्कठवाबाट प्रहरी नायब निरीक्षक लवजंग चौहानको कमान्डमा खटिएको टोलीसँग भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता सित साविक भवानीपुर गाविसको सुकमारी मन्दिर नजिक गोली हानाहान भएको थियो ।

दोहोरो गोली हानाहानमा मोर्चाको कार्यकर्ताहरुले प्रहरीबाट ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेका थिए । उक्त समूहमा सहनी पनि थिए । प्रहरीले उसै बेला सहनी विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मद्दामा हालसम्म फरार रहेका सहनीलाई पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक कारबाही पछि कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी सर्लाहीलाई बुझाइने प्रहरीले जनायो ।

प्रकाशित : भाद्र ३, २०७६ १८:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रवि लामिछानेसहित ३ जना थप ५ दिन हिरासतमा

रमेशकुमार पौडेल

चितवन — आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।

साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए । यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो । त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो । १० दिन म्याद थपको माग गरे पनि पाँच दिनमात्रै थप भएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

प्रकाशित : भाद्र ३, २०७६ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT