प्रदेश २ का आन्तरिक मामिलामन्त्रीको दाहाललाई जवाफ - 'प्रम कार्यालयको जग्गा बिक्रीमा सत्ताधारी पार्टीकै महासचिव मुछिएका छन्, यहाँ मात्रै हो भ्रष्टाचार मौलाएको ?'

सन्तोष सिंह

धनुषा — तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको सम्झनामा सोमबार धनुषामा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको भन्ने अभिव्यक्तिको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सार्वजनिक कार्यक्रमै जवाफ फर्काएका छन् । 

प्रदेश २ का आन्तरिक मामिलामन्त्रीको दाहाललाई जवाफ - 'प्रम कार्यालयको जग्गा बिक्रीमा सत्ताधारी पार्टीकै महासचिव मुछिएका छन्, यहाँ मात्रै हो भ्रष्टाचार मौलाएको ?'

मंगलबार जिल्ला विपद व्यवस्थापन समिती धनुषाले आयोजना गरेको कार्यक्रममा दाहाललाई मन्त्री यादवले सिंगो मुलुक नै भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए । 'प्रदेश दुईमा भ्रष्टाचार मौलायो भन्ने अभिव्यक्ति गलत छ,' मन्त्री यादवले भने, ‘नेपालभरी नै भ्रष्टाचारले प्रश्रय पाएको छ । ३३ क्विन्टल सुनकाण्ड नेपालमै भएको छ । प्रधानमन्त्रीको कार्यालयको जग्गा बिक्रीमा नै सत्ताधारी पार्टीकै महासचिव मुछिएका छन् ।’


मन्त्री यादवलेको अभिव्यक्ति लगत्तै दाहालले समग्रमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण चुनौती भएको बेला प्रदेश २ मा भ्रष्टाचार मौलाएको बताए । आन्दोलन र संघर्ष गर्दा जनताले सुशासन र भ्रष्टाचार मुक्त सरकारको माग गरेको थियो,' दाहालले प्रश्न गरे, ‘संघर्ष गर्दा यस्तै शासन खोजेको थियो त ? सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी बनाउन पहल आवश्यक छ ।'

प्रकाशित : भाद्र ३, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?