१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बोक्सी आरोपमा दुर्व्यवहार

धनुषा — बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा महोत्तरीको भंगहामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साझ घाँस काटदै गरेकी महिलालाई घरायसी विवादमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जाहेरी आएपछि पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए । 

भंगहा नगरपालिका–४ की एक ३५ वर्षीया चन्दनदेवी दनुवारलाई कुटपिट गर्दै ४ जना स्थानीयले मलमूत्र खुवाएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरी उपरीक्षक अधिकारीले बताए । पीडित महिलालाई स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया इन्दुकुमारी दनुवार, ५० वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीले मलमूत्र खुवाउँदै कुटपिट गरेका थिए ।


दुई पक्षबीच पटकपटक घरायसी विवाद भएको थियो । प्रहरी उपरीक्षक अधिकारीले भने, ‘विवादको कारण खुलेको छैन । स्थानीयका अनुसार समान्य घरायसी विवादमा डाइन (बोक्सी) भन्दै मलमूत्र खुवाइएको हो ।’ आरोपितमध्ये २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए ।


मलमूत्र खुवाउने इन्दु र सुकेश्वरीलाई प्रहरीले शनिबार साँझ नै पक्राउ गरेको र अन्य दुई फरार भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । पक्राउ परेका दुवै जनामाथि बोक्सी आरोप ऐनअन्तर्गत आइतबार जिल्ला अदालत महोत्तरीबाट म्याद थप

गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?