कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

अवधेशकुमार झा

सप्तरी — सप्तरीमा शनिबार बिहान एक बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोतमा नगरपालिकाबाट लगानी सम्मेलनमा सहभागी लिएर विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको बोलेरो अनियन्त्रित्र भइ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका-११मा दुर्घटना हुँदा रुपन्देहीका पत्रकार डालयस अधिकारीको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी मनोज यादवले जानकारी दिए ।

दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।


दुर्घटनामा परी रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षाहरु सोहल चौधरी र तारानाथ पाण्डे र चालक अशोक भण्डारी घाइते भएका छन् ।

चालक भण्डारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?