३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेश २ सरकार र रोजगारदाता कम्पनीबीच सम्झौता

अजित तिवारी

(जनकपुर) — तीन वर्षमा ४२ हजार युवाले रोजगारी पाउने दाबी गर्दै प्रदेश २ सरकारसँग ६ वटा रोजगारदाता कम्पनीसित सम्झौता गरेका छन् । प्रदेश सरकार, डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले शुक्रबार जनकपुरमा रोजगारीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

प्रदेश २ सरकार र रोजगारदाता कम्पनीबीच सम्झौता

प्रदेशमा रहेको बेरोजगारी समस्या हटाउन प्रदेश सरकारले पहिलो चरणमा ६ वटा संस्था प्रभु बैंक, नेपाल एसबीआई बैंक, मेरो जब्स, एमाजोन, फयूज मेसिन र मोरंग अटो वर्क्ससँग रोजगारीका लागि सम्झौता गरेको मुख्यमन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ । सम्झौता अनुसार बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराइनेछ ।


मुख्यमन्त्री लालबाबु राउत, सीप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरि सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताए ।


मुख्यमन्त्री राउतले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडि बढेको बताएका छन् ।


प्रकाशित : श्रावण ३१, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?