कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

केन्द्र विवाद : कार्यालयका सामान सार्न खोज्दा झडप

नगर कार्यसमिति चयन भएदेखि नै सुरु भएको केन्द्र विवादले मेयर र उपमेयरबीच सधैं झगडा छ । 
श्यामसुन्दर शशि

(जनकपुर ) — केन्द्र सार्ने विवादले हंसपुर नगरपालिका २ बघचौडास्थित स्थायी केन्द्र मंगलबार दिनभर तनावग्रस्त रह्यो । घटनामा आधा दर्जन स्थानीय र केही प्रहरी घाइते भएका छन् । बघचौडास्थित स्थायी केन्द्रमा रहेका कागजपत्र ओसार्न सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा मेयर रामज्ञान मण्डलले दुईवटा ट्र्याक्टर पठाएका थिए । तर वडाध्यक्ष उदयकुमार साहको नेतृत्वमा स्थानीयले विरोध गर्दा स्थिति तनावग्रस्त बनेको हो । 

केन्द्र विवाद : कार्यालयका सामान सार्न खोज्दा झडप

नगर कार्यसमिति चुनिएदेखि नै सुरु भएको केन्द्र सार्ने विवादले मेयर मण्डल र उपमेयर रेणु झाबीच सधैं झगडा छ । उपमेयर केन्द्र सार्न नहुने पक्षमा छिन् । मेयर मण्डलले पछिल्लो पटक हंसपुर चोकमा अस्थायी कार्यालय पनि सञ्चालनमा ल्याएको घोषणा गरे पनि मूल कार्यालयबाट कुनै पनि सामान सार्न पाएका छैनन् । सहमति नै नभई कार्यालयका सामान लैजान खोज्दा मंगलबार स्थानीय विरोधमा उत्रिएका हुन् । इलाका प्रहरी कार्यालय धनुषाधाम, बलगंगा सशस्त्र प्रहरी कार्यालय एवं बेलही प्रहरी चौकीबाट आएको सुरक्षाकर्मीको टोली र बघचौडावासीबीच घम्साघम्सी भएको हो । मेयर मण्डलले ‘अफिस लुट्न मान्छे पठाएको’ भने भन्ने हल्ला फैलिएपछि गाउँले नगरपालिका कार्यालय रहेको बघचौडा बजारमा भेला भएका थिए । बजारमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई नगर कार्यालयतर्फ जान प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।


‘पुलिसहरू जनतालाई यतै अलमल्याएर कार्यालयका सामान झिक्न खोज्दै थिए । तर हामीले चाल पायौं,’ उपमेयर झाले भनिन्, ‘कार्यालयका सामान सार्नबाट रोक्न खोज्दा झडप भयो ।’


नगरपालिका कार्यालयतर्फ जान खोजेका हंसपुर २ का अध्यक्ष उदयकुमार साह र आफ्ना गाडीचालक पुण्यकुमार खत्रीलाई धनुषाधाम इलाका प्रहरी कार्यालयका इन्चार्ज रामकुमार यादवले कुटपिट गरेको उनले बताइन् । प्रहरीले लाठीचार्ज गर्दा तपेश्वर मण्डल, फेकन कापर र अशोक मिश्रलगायत आधा दर्जन स्थानीय घाइते भएका छन् । ढाडमा गम्भीर चोट लागेका मण्डललाई भने सघन उपचारका लागि जनकपुर ल्याइएको छ । मेयरले पठाएको भनिएका दुवै ट्र्याक्टर स्थानीयले नियन्त्रणमा लिएपछि झडप भएको थियो । स्थानीय र सुरक्षाकर्मीबीच झन्डै तीन घण्टासम्म भएको झडप जिल्लाबाट प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीको पहलमा साम्य भएको थियो । झडपका क्रममा प्रहरीले पक्राउ गरेका स्थानीय चन्दर साह र दिनेश साहलाई मुक्त गर्ने र स्थानीयले ट्र्याक्टर फिर्ता गर्ने सहमति भएको उपमेयर झाले जानकारी दिइन् ।

प्रकाशित : श्रावण २१, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?