कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मधुश्रावणीमा ‘टेमी’ कुप्रथा

सन्तोष सिंह

धनुषा — मिथिलाञ्चलमा नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको अन्तिम दिन कपासको बत्ती ‘टेमी’ ले बेहुलीको घुँडा र खुट्टामा पोल्ने गरिन्छ । श्रीमानो दीर्घायुका लागि नवविवाहितले गर्ने मधुश्रावणी पर्वमा महिलालाई दिने टेमीबारे आलोचना हुन थालेको छ । मिथिलाञ्चलमा अहिले मधुश्रावणी पर्वको रौनक छ ।

मधुश्रावणीमा ‘टेमी’ कुप्रथा

फागुनमा विवाह गरेकी जनकपुरकी २४ वर्षीया काजल मिश्र श्रीमानो दीघार्युका लागि मधुश्रावणीमा घुमेर फूल टिपेर कथा सुन्दा रमाइलो भएको बताउँछिन् । मधुश्रावणीमा घर परिवारमा रमझममा रमाइरहेकी जनकपुरकी मिश्रलाई टेमीबारे खासै जानकारी छैन । तर, अन्तिम दिन हुने टेमीले भयभित भएको बताउँछिन । मधुश्रावणीमा टेमी दिनुपर्ने परम्पराअनुसार नै चल्दै आएको छ । महिलालाई पोलिएको ४ मध्ये एक वा तीन फोका आए श्रीमान्ले श्रीमतीलाई भविष्यमा अझै बढी माया गर्ने जनविश्वास रहेको जनकपुरकी पुनम मिश्र बताउँछिन् ।


टेमीमा विजोरा फोंका आउँदा श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो र जोरा फोका आए भने सम्बन्ध राम्रो नहुने परम्पराबाट धनुषा कुम्हरौडा ७ का प्रवीण मिश्र सहमत छैनन् । फोकाले दाम्पत्य जीवनको सम्बन्धलाई मापन गर्न न सकिने मिश्र बताउँछन् ।

दाम्पत्य जीवनको सुरुवातमै टेमी प्रथाले डामिएका महिला भविष्य प्रति भयभित हुने अधिवक्ता तथा महिला अधिकारकर्मी रेखा झा बताउँछिन् ।


२१ औं शताब्दीमा यस्तो कुनै परम्पराको आवश्यकता न रहेको र परम्परा कायम नै राख्ने हो भने पुरुष महिला दुवैलाई टेमीले पोल्नुपर्ने अधिवक्ता झा बताउँछिन । परम्पराको जर्गेना गर्नुपर्छ, अधिवक्ता झाले भनिन्, ‘संस्कृति र सभ्यतालाई बचाएर राख्नुपर्छ । तर, लैंगिक समानता तथा समताको २१ औं शताब्दीमा परम्परा भन्दै यातना दिन पाइँदैन ।’ नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको अन्तिम दिन कपासको बत्ती ‘टेमी’ रुपि अग्निपरीक्षा दिनुपर्ने परम्पराको विकल्प खोज्नुपर्ने हुन्छ,’ उनले भनिन् ।


मैथिली समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिता दुलहीले धार्मिक एवं सांस्कृतिक रूपमा मधुश्रावणी पर्व मनाउने गर्छन् । ससुरालीबाट आएको नयाँ वस्त्र र खानेकुरा खाएर १५ दिनसम्म फुल टिपेर समूहमा कथा सुन्ने परम्परा रहेको जनकपुरकी ४५ वर्षीया बबिता मिश्रले बताइन् । मधुश्रावणीमा नवविवाहिताले समूहमा गीत गाउने, समूहमा नै गएर फुल टिप्ने र मठ मन्दिरमा गएर पुजा गर्ने दृष्यले जनकपुरका हरेक चोक मनमोहक बन्ने गरेको छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?