२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नक्कली लाईसेन्स बनाउने पक्राउ

धनुषा — धनुषामा नक्कली सवारी चालक अनुमतिपत्र बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँमा  सवारी चालक अनुमति पत्र वितरण गरिरहेका दुईजनालाई धनुषाको हंसपुर नगरपालिका–९ बालगंगा चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

नक्कली लाईसेन्स बनाउने पक्राउ


नककली सवारी चालक अनुमतिपत्र वितरण गरेको आरोपमा हंसपुर नगरपालिका–६ का ३४ वर्षीय अलि अकबर मंसुर र औरही गाउँपालिका–६ का अली बकसलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


नक्कली चालक अनुमतीपत्र बाँड्दै गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ५/५ थान सवारी चालक अनुमति पत्र समेत बरामद भएको धनुषाका प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताए ।


पक्राउ परेका दुवैजनालाई सवारी चालक अनुमतिपत्रसहित नियन्त्रणमा लिई सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको कार्कीले बताए ।


प्रकाशित : श्रावण ८, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?