कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हुलाक बैंकको निक्षेप ५ करोड

पर्सा — निजी क्षेत्रका वाणिज्य बैंकको बाक्लो उपस्थिति रहेको वीरगन्जमा हुलाक बचत बैंकले पनि ५ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

जिल्ला हुलाक कार्यालयमा सञ्चालित यो बैंक शाखाले चालु वर्षको जेठ मसान्त सम्ममा गरी ५ करोड ५२ लाख ८६ हजार १ सय २ रुपैयाँ १ पैसा निक्षेप संकलन गरेको छ ।


शाखा इन्चार्ज चन्द्रदेव दासका अनुसार यस अवधिमा शाखाको आफ्नै बैंक मौज्दात ४ करोड ५० लाख ११ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।


शाखाले १ करोड ४२ लाख २९ हजार ३ सय ६ रुपैयाँ ऋण लगानी गरेको छ । ४८ लाख १० हजार ५ सय ६० रुपैयाँ ४ पैसा नाफा गरेको छ । हालसम्म शाखामा २ हजार ३ सय २४ खातावाला ग्राहक रहेका छन् ।


सरकारी बैंक भएकाले सर्वसाधारणले विश्वस्त भई बचत गरेकाले बैंकको निक्षेप र समग्र कारोबार उत्साहजन रहेको दास दाबी गर्छन् । १ सय रुपैयाँमा खाता खोल्ने सुविधा रहेको यो बैंकमा ज्येष्ठ नागरिक तथा साधारण बचत गरी २ प्रकारका खाताको सुविधा छ । खातामा १ सय रुपैयाँ मात्र राखेर सबै निक्षेप झिक्ने सुविधासमेत रहेको छ । आफ्नो निक्षेप रकम झिक्न कुनै कागज वा सर्त गर्नु नपर्ने भएकाले पनि ग्राहकलाई यो बैंकमा कारोबार गर्न सहज हुन्छ ।


निक्षेपकर्ताले एउटा खातामा १० लाख रुपैयाँसम्म बचत गर्न सक्ने, गोपनीयता हुने र सानोदेखि ठूलो रकम पनि बचत गर्न र झिक्न सक्ने सुविधा समेत बैंकले दिएको छ । शाखाको कारोबारलाई कम्प्युटरकृत गरिएको र आफ्नै सफ्टवेयर समेत रहेकाले बैंकको सेवा प्रतिस्पर्धात्मक, गुणस्तरीय र विश्वसनीय समेत रहेको दास बताउँछन् । बैंकले आफ्ना कर्मचारी मध्ये पुरानाको ऋणलाई

निरन्तरता दिएको छ । नयाँलाई भने ऋण लगानी बन्द गरेको छ ।

प्रकाशित : असार ३१, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?