कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

महानगरको सडकमा स्पिड ब्रेकर

(पर्सा) — सवारीसाधनको चाप बढेपछि वीरगन्ज महानगरको सडकमा स्पिड ब्रेकर लगाउन थालिएको छ ।
ग्रिनसिटी सामुदायिक संस्था आदर्शनगर तथा वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा यो काम सुरु गरिएको हो ।

यस क्रममा आदर्शनगरस्थित ग्रिनसिटी चोक, लोहारपट्टी चोक र पशुपति घोष चोकमा स्पिड ब्रेकर जडान गरिएको छ । थप एक ब्रेकर अस्पताल क्षेत्रको सडकमा जडान गरिनेछ ।


ग्रिनसिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानका अनुसार उद्योगी पवन रुंगटाको सौजन्यमा चीनमा निर्मित स्पिड ब्रेकर जडान गरिएको हो । १ लाख ५० हजार रुपैयाँ

लागतको ब्रेकर सडक नफुटाइकनै सहजै जडान गर्न सकिन्छ ।


विकसित मुलुकका सडकमा देखिने यो प्रविधि नेपालमा भने नयाँ र कमै मात्र प्रयोगमा आएको उनले बताए । काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा मात्र यस्तो ब्रेकर जडान गरिएको छ ।


संस्थाका सदस्य त्रिलोकचन्द दारुकाले सवारी चालकमा जागरुकता तथा चेतना बढाउनुका साथै सडक दुर्घटना न्यूनीकरण गर्न पनि ब्रेकर प्रभावकारी हुने बताए । सवारी चालकले तीब्र गतिमा सवारी चलाएर दैनिक जसो दुर्घटना हुन थालेपछि ब्रेकर जडान गरिएको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?