३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रदेश २ मा बाढी र डुबानमा १० को मृत्यु

सन्तोष सिंह

जनकपुर — प्रदेश २ मा बाढी र डुवानमा १० जनाको मृत्यु भएको छ  । लगातारको अविरल वर्षाका कारण आएको बाढीमा धनुषा, रौतहट, बारा र पार्सामा २/२ जना र महोत्तरी, सिरहामा १/१ जना गरी १० जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । प्रदेशको ८ जिल्लामा १० जनाको मृत्यु र ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रदेश २ मा बाढी र डुबानमा १० को मृत्यु

धनुषाको जनकनन्दनी गाउँपालिकामा डुबेर मृत्यु भएको अवस्थामा पहिचान नखुलेको करिब ६५ वर्षीय पुरुषको शव फेला परेको छ । धनुषाकै गणेशमान चारनाथ नगरपालिकाको चारनाथ खोलामा डुबेर मृत्यु भएको ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका-१३ का १४ वर्षीय अनुप पटेलको शव सबैठा खोलामा फेला परेको छ । पर्साको पर्सागढी नगरपालिका-१ का १० वर्षीय निखिल पटेलको सिंयाही खोलामा बगेर मृत्यु भएको छ ।


बारा, परवानीपुर गाउँपालिक-१ का अरबिन्द्र यादवको १८ महिने छोरा बिकी यादवको घर पछाडी जमेको पानीमा डुबेर मृत्यु भएको छ । बारा, कलैया-१३ मा बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय १३ वर्षीय अजित साहको मृत्यु भएको छ । रौतहट, गौर-३ का ४० वर्षीया शिवमंगल पटेलको टिकुलिया नदीमा डुबेर मृत्यु भएको छ । गौरकै उमेश राउतको समेत डुबेर मृत्यु भएको छ ।


बाख्रा चराउन गएकी सिरहा मिर्चैया नगरपालिका-४ की १० वर्षीया रागनी कुमारी महतोको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । महोतरी, भंगहा नगरपालिका–४ रातु खोलामा पहिचान नखुलेको करिब १५ वर्षीय युवकको शव फेला परेको छ ।

प्रकाशित : असार २९, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?