कमला नदीको बाढीमा घेरिए वृद्ध

कान्तिपुर संवाददाता

धनुषा — सिरहा सिमाना कमला नदीको बाढीमा घेरिएका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको मन्दिरका ४५ वर्षीय पुजारी बेदरु मुखिय बाढीमा घेरिएका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बताए ।  

कमलामा रहेकाे टापु जस्ताे स्थानकाे मन्दिरमा चारै तर्फबाट पानी प्रवेश गरेपछि मुखिया रुखमा चढेका छन् । पुजारी मुखियालाइ उद्धार गर्न नेपाली सेनाकाे टाेली पुगेकाे छ । पानीकाे बहाव उच्च भएकाे कारण पुजारीकाे उद्धार गर्न नेपाली सेनाकाे हेलिकप्टर मगाउने तयारी गरिएकाे छ । वर्षा भइरहेकाे कारण मुखियाकाे उद्धारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कँडेललेे बताए ।

लगातारकाे अविरल वर्षाले कमला नदीमा बाढीकाे बहाव बढेकाे छ । कमला आसपासकाे वस्तीमा सतर्कता अपनाइएकाे सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डेले बताए ।

वर्षाका कारण जनकपुर जलमग्न बनेकाे छ । घर, पसल, कार्यालयमा पानी प्रवेश गरेकाे छ । पानी जाम भएकाे स्थानमा नगरपालिका र प्रहरीले काम गरिरहेकाे छ । जनकपुरकाे पुराना र गहिराे घरमा ३ फिट भन्दा बढी पानी जमेकाे छ ।

प्रकाशित : असार २७, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुरक्षित तर महँगो यामाहा एफजेडएस भी ३

कान्तिपुर संवाददाता

काठमाडौँ — अहिलेको पुस्ताको बाबु/बाजेको जमाना थियो– टु स्ट्रोक बाइक चढने । त्यसपछिको पुस्ताले रोजे फोर स्ट्रोक । तर पुस्ताको सोच, चाहना र जमानै बदलिइसकेको छ । त्यसैले अहिलेको पुस्ताले बाइक रोज्नु पर्दा सुरक्षित, आरामदायी, स्टाइलिस र पर्फर्मेन्स धेरै दिने रोज्छन् । 


त्यही भएर होला सन् ११९० को दशकसम्म यामाहाका एक सय र १२५ सीसीका बाइक निकै नै लोकप्रिय थिए। तर जमानासाथै प्रविधि पनि परिवर्तन भयो, युवापुस्ताको रोजाइ परिवर्तन भयो। नयाँनयाँ मोडल र क्षमताका बाइक रोजाइमा पर्न थाले। जुन यामाहासँग थिएन। करिव १०/१५ वर्ष यामाह युवा माझ झुण्डिन सकेन। प्रतिस्पर्धी बाइक कम्पनीहरु बजाज, हिरो होण्डाले बजार तताउन थाल्यो। यामाहाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाह भन्छन्, ‘हामी सन् २००८ भन्दा अगाडिका केही वर्ष यस्सै हराएका थियौं। तर अहिले अवस्था परिवर्तन हुँदै छ।’

बीचको समयमा यामाहाले धेरै अनुसन्धान गर्दै सन् २००८ मा एफजेडएस बाइक सार्वजनिक गर्‍यो। हेर्दा स्टाइलिस्, १५० सिसी क्षमताको इन्जिन, सुरक्षित लगायतका नयाँ फिचर थपेर ल्याएपछि सहरका बाटोमा बिलाउँदै गएको यामाहाले विस्तारै युवाको आखा तान्न थाल्यो। त्यसको करिव ६ पर्षपछि सन् २०१४ मा एफजेडएस भर्सन २ ल्याउँदासम्म बजारमा बाक्लै उपस्थिति जनाइसकेको थियो। नेपालको टु हिृवलर अटोमोबाइलको बजारमा पाँचौं नम्बरतिर रहेको यामाहा सन् २०१८ मा आइपुग्दा तेस्रो नम्बरमा उक्लिन सफल भयो।

यामाहाले सन् २०१९ मा फेरि त्यही एफजेडएस भर्सन ३ ल्याएपछि दोस्रो नम्बरको लागि संघर्ष गरिरहसको छ। पछिल्लो समय बजारमा यामाहाको एफजेडएस भी ३ को राम्रो उपस्थिति रहेको छ।

कार्यकारी अधिकृत शाह भन्छन्, ’हामी कुनै बेला टु हिृवलरको क्षेत्रमा हराउने लाग्दा विश्वमा चलेको हाम्रो ब्राण्डलाई नयाा तरिकाले ल्याउनुपर्छ भनेर लोकप्रिय एफजी भर्सनलाई भारत र नेपालको बजारमा भित्र्यायौं। जुन यामाहाको लागि फलिफाप हुन पुग्यो।’

हुन पनि केही नयाा प्रविधिसहित ल्याइएको एफजीएस भी ३ युवामा लोकप्रिय बन्दै छ। यसको सबैभन्दा राम्रो पक्ष यसमा फ्युल इन्जेक्सन (एफआइ) र एन्टी ब्रेक सिस्टम (एबिएस) छ। जुन यसका प्रतिस्पर्धी बाइकहरुमा छैन। १५० सीसी सेग्मेन्टका बाइकहरुमा यस्तो सुविधा दिइएको पहिलोपटक हो।

फ्युल इन्जेक्सन, जसले इन्जिनको क्षमता बढाउन मद्दत गर्छ। बाहिरको वातावरण हेरेर इन्जिनमा फ्युल कति फाल्ने निर्धारण गर्छ। जसले गर्दा इन्जिनको इफिसियन्सी बढ्छ। फ्युल कम लाग्ने हुन्छ। हुनपनि नेपालको हावइवे मा एफजीएस भी ३ मा १ लिटर पेट्रोल हाल्दा ४८ किलोमिटर गुड्छ। जबकी यसका अन्य प्रतिस्पर्धी बाइक पल्सर, युनिकर्न, सुजुकी लगायतका बाइकले त्यो माइलेज दिँदैन। सहरी क्षेत्रमा पनि ४२ देखि ४५ किलोमिटर प्रतिलिटर माइलेज यो बाइकले दिन्छ।

यसको अर्को विशेषता भनेको एबिएस हो। यसले स्पिडमा रहेको बाइक रोक्किँदा चिप्लनबाट जोगाउँछ। त्यसैले त यो बाइक सुरक्षित रहेको यामाहाको दाबी छ। हुन त अहिले यसको प्रतिस्पर्धी बाइकमा अगाडि र पछाडि डिस्क ब्रेक छन्। तर अन्य बाइकमा डिस्क ब्रेक लागाउँदा चिप्लन्छ र दुर्घटनाको जोखिम बढी हुन्छ। तर यामाहको यो बाइक एबिएसकै कारण चिप्लिँदैन। शाह भन्छन्, ’एबिएसले चिप्लने हैन बाइक घ्याच्च घ्याच्चै गर्दै रोकिन्छ। जसले दुर्घटनाको जोखिम कम गरिदिएको छ।’

१४९ सिसीको यो बाइकमा भर्सन टुमा जस्तै छन् अन्य विशेषताहरु। तर यसको लुकिङ फरक छ। स्टाइलिस छ। सुरक्षित छ। सिट आरामदायी छ। भर्सन २ मा सीट २ खण्डमा छुट्ट्याइएको थियो भने यसमा त्यस्तो गरिएको छैन। सीट फ्ल्याट छ। जसले बस्दा बढी आरामदायी बनाएको छ।

यसैगरी बाइक हल्का पनि छ। यही सिरिजका बाइकहरु १४३ किलोग्राम भन्दा बढी तौलका छन् भने यो १३७ किलो मात्रै छ। जसले कुदाउँदा त्यति धेरै गह्रौं अनुभव नै हुन्न। शाह भन्छन्, ’हुन त पहिलापहिला बाइकमा मेटल प्रयोग गर्नुपर्छ भनिन्थ्यो। तर आजकाल उत्कृष्ट गुणस्तरका प्लाष्टिक प्रयोग गरेर बाइकहरु आइरहेका छन्। जसले बाइक हल्का बनाउने र पर्फर्मेन्स बढाउने काम गरेको छ।’

यो बाइक रोमाञ्चक राइडकै लागि बनेको हो। युवा पुस्ताको रोजाइअनुसार निर्माण भएको यो बाइकले नेपाली सडकमा आफ्नो गजबको अब्बलता प्रदर्शन गर्दैछ।

यामाहाले सँधै ग्राहकको सुरक्षामा ध्यान दिँदै आएको छ। सुरक्षाका हिसावले पनि यो बाइक उत्कृष्ट छ, त्यसैले शक्तिशाली यामाहा एफजेडएस-एफआई भी थ्रीलाई ‘दी लर्ड अफ दी स्ट्रिट’ नाम दिइएको छ।

एबीएस र ‘फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन’ नै यो बाइकको मुख्य विशेषता हो। यसैकारण यो आर्थिक र वातावरणीय रुपमा पनि १५० सीसीको सेगमेन्टमा सर्वोत्कृष्ट मोटरसाइकल बनेको छ। सहरका लागि झन् उत्कृष्ट छ।

यसमा ‘सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिन छ। जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ। यसको फ्रिन्ट र ब्याक दुवै हिृवलमा डिस्क ब्रेक छ।
यामाहाको यो बाइक यही सिरजका अन्य बाइक भन्दा केही करिव ३० देखि ५० हजार रुपैयाँसम्म महँगो छ। पल्सर, युनिकर्न, सुजुकी जिक्सर, होण्डा हर्नेट, टिभीएस अपाची, हिरो एक्ट्रिम लागयताका यसका प्रतिस्पर्धी भन्दा महँगो एफजेडएस भी ३ महँगो छ।

प्रकाशित : असार २७, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT