कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आत्मरक्षा तालिम लिँदै ६ हजार ४ सय विद्यार्थी

श्यामसुन्दर शशि

(जनकपुर) — लैङिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ की ६ हजार ४ सय विद्यार्थीले मंगलबारदेखि आत्मरक्षा तालिम लिन थालेका छन् । सामाजिक विकास मन्त्रालयले ‘स्वास्थ्यको लागि खेलकुद ,राष्ट्र निर्माणको लागि खेलकुद ’ मूल नारासाथ आयोजना गरेको १५ दिने आत्मरक्षा तालिममा प्रदेश २ मातहतका ६४ सामुदायिक विद्यालयका ६ हजार ४ सय विद्यार्थी सहभागी छन् ।

आत्मरक्षा तालिम लिँदै ६ हजार ४ सय विद्यार्थी

सहभागीलाई प्रदेश २ का प्रमुख प्रशिक्षक मोहम्मद असगर खाले आत्मरक्षा तालिम दिएका थिए ।


तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले शिक्षा, स्वास्थ्य तथा अवसरको दृष्टिले मुलुकमै पछि परेको प्रदेश २ की किशोरीहरुलाई शारीरिक तथा मानसिक रुपले सक्षम बनाउन आत्मरक्षा तालिम सञ्चालन गरिएको बताए । ‘चेलीबेटीहरु सक्षम भएर पनि सामाजिक विभेदको कारण अवसरबाट बञ्चित रहँदै आएका छन् । यस तालिमले उनीहरुलाई आत्मरक्षाका साथै आत्मवल पनि प्रदान गर्ने छ’ मन्त्री यादवको कथन थियो । तालिमको अवधि बढाउनु पर्ने उनको धारणा थियो।


प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले लैङि्गक हिंसाका कारण किशोरीहरुले अध्ययनलाई निरन्तरता दिन नसकेको बताए ।


प्रकाशित : असार १०, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?