कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रातु पुल ९ महिनामै खाल्डै-खाल्डा

सुनीता बराल

(बर्दिवास) — पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जोड्ने रातु पुल प्रयोगमा आएको ९ महिना नबित्दै भत्कन थालेको छ  । कालिका टु दी रसुवा जेवी कम्पनीले निर्माण गरेको रातु पुलमा गत असोज महिनाबाट सवारी आवागमन खुल्ला गरिएको थियो  ।

रातु पुल ९ महिनामै खाल्डै-खाल्डा

पुल संचालनमा आएको थोरै समयमै माथिको कालोपत्रे उप्केर अहिले ठूल्ठूला भ्वाङ परेका छन् । २०७६ पुसभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको पुल डेढ वर्षअगावै बनेको भन्दै स्थानीय खुसी भएका थिए । अहिले प्रयोगमा आउना साथ पुल भत्कन थालेपछि स्थानीयमा पुल दिगो नहुने हो कि भन्ने चिन्ता सुरु भएको छ ।
बर्दिवास–१ की रिदिमा सिंहले रातुको पुरानो पुल भत्किएपछि पाएको सास्ती सम्झँदै नयाँ पुल बनेपछिको खुसी पनि धेरै टिक्न नसकेको बताइन् । ‘पुलमा भएका खाल्डा हेर्दा स्तरीय बनेनछ भन्ने लागेको छ,’ उनले भनिन्, ‘पुरानो पुल पनि काम नलाग्ने भयो । नयाँ पुल पनि धेरै टिक्ने देखिंदैन ।’

पूर्वपश्चिम राजमार्गमा पर्ने रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ को बाढीले भासिएको थियो । पुल भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै नयाँ पुल निर्माण गरिएको हो । २४ करोड ६० लाखमा निर्माण खर्चेर बनेको पुल सञ्चालनमा आएको ९ महिनामै २० वटाभन्दा बढी भ्वाङ परेपछि धरापजस्तै देखिएको छ ।

सडक विभाग र निर्माण ठेकेदार कम्पनिको सम्झौताअनुसार अझै पुल सडक विभागले जिम्मा लिने समय नभएकाले उक्त निर्माण कम्पनीले विभाग पुल नबुझाउँदै भत्किन थालेको हो । पुलमा कालोपत्रे उप्केर भ्वाङ बनेपछि अहिले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेको छ ।

निर्माण कम्पनीका साइट इन्चार्ज कृष्ण ढुंगेलले भने आफूहरूले स्तरहीन काम गरेको नभई रंगरोगन गर्ने बेलाको असावधानीले कालोपत्रे उप्केर भ्वाङ परेको दाबी गरे । ‘हामीले गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर नै पुल निर्माण गरेका हौं,’ उनले भने, ‘रंगरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल जहाँ पर्‍यो त्यही पिच उप्केर भ्वाङ परेको पाइयो ।’ पुल भत्किनुको कारण पत्ता लागिसकेकाले अब केमिकल परेको कालोपत्रे उप्काई पुलको पुनः मर्मत गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?