१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रात्रि बसमा लुटपाट गर्ने आठ जना पक्राउ

लक्ष्मी साह

बारा — 'प्रहरीको सिआईबी टीम हौं' भन्दै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा रात्रिबसमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

सर्लाही हरिवन नगरपालिका-१० का दिलकुमार दोङ (स्कोर्पियो चालक), वडा ८ का विजय लामा, सिन्धुली हरिहरपुर गाउँपालिका-७, का टाइगर भन्ने सुनिल तामाङ, रौतहट गुजरामाई नगरपालिका-२, का ज्ञानबहादुर थिङ, काभ्रे महाभारत गाउँपालिका-२, का विशाल पाख्रिन पक्राउ परेका हुन् । यसैगरी महोत्तरीको साविक बागडा गाविस-५, घर भई हाल बर्दिवास नगरपालिका-११, बस्ने सन्तोष भन्ने रमेशकुमार यादव, सिन्धुली मरिन गाउँपालिका-५, घर भइ हाल बाराको निजगढ नगरपालिका-८, गुम्बा टोल बस्ने संघर्ष थिङलाई पक्राउ गरिएको हो । संघर्षलाई निर्माणाधीन फास्ट ट्रयाकमा ज१२प ४६८० नम्बरको बाइक लिएर अलमल गर्दैगर्दा घटनास्थलमा तत्कालै पुगेका प्रहरी टोलीले पक्राउ गरेको थियो ।


संघर्ष पक्राउ पछि लुट्ने योजनासहित लुटपाटमा संलग्न सबैको नाम ठेगाना खुलाएपछि अरु सात जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पथलैयामा बसेर लुट्ने योजना बनाइएको पक्राउ परेका गिरोहले प्रहरीसमक्ष बयान दिएका छन् । उक्त रात्रि बसमा काठमाडौंबाट सुन आउँदै छ भनी बर्दिवासका रमेशकुमार यादवले जानकारी पाएपछि टिम तयार गरी लुट्ने योजना बनाएको प्रहरी नायव उपरीक्षक राठौरले बताए । पथलैयामा बसेर योजना बनाएपछि तिनीहरुले सिमरा पुगेर बा१७च ४८७६ नम्बरको स्कोर्पियो भाडामा लिएर रात्रि बसलाई पथलैयाबाट पिछा गर्दै त्यहाँ लुटपाट गर्न पुगेका थिए । लुटपाटमा प्रयोग गरेका भाडाका स्कोर्पियोसमेत प्रहरीले बरामद गरिसकेको छ ।


शुक्रबार बिहान ३ बजे राजमार्गको निजगढ र पथलैयाबीचको १३ किलोमिटर जंगलमा काठमाडौंबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गरेको ना७ख २७९० को रात्रि बसमा बा१७च ४८७६ नम्बरको स्कोर्पियोसहित २ वटा मोटरसाइकलमा गएका ८ जनाको गिरोहले लुटपाट गरेका थिए । लुटेराको कुटाइबाट बस चालक गणेश भुसाल र सहचालक सञ्जयकुमार उपाध्याय सामान्य घाइते भएका छन् । सहचालकबाट ४८ हजार २ सय नगद र मोबाइलसमेत लुटिएको छ ।


पक्राउ परेका सबै जना कलैयास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।


प्रकाशित : जेष्ठ १९, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?